समाजसेवी युबा क्लबको खेल उद्घाटन

आज मिती २०८०÷०८÷२५ गतेका दिन हरिनास गाँउपालिका वाड नं १ सालडाँडा जामुनेका समाजसेवी युवा क्लब र समाजसेवी आमा समुहको सयुक्त आयोजनामा मगरहरुको महान चाड बाजे बराजुको पुजाको अवसर पारी साविकको वाडस्तरीय पुरुष भलिबल प्रतियोगिता को आज पहिलो दिन यसै हरिनास गाँउ पालिका वाड नं १ का वाड अध्यक्ष श्रीमान इन्द्र बहादुर गुरुङ्ग ज्युको बाहुली बाट उक्त खेलको समुद्घाटन भएको थियो भने उक्त कार्यक्रममा निर्वाचित वाड सदस्यहरु तेज बहादुर थापा, देवी दर्जी, लक्ष्मी सुनार र पे्रम बहादुर मानन्धरको साथमा भु.पु. वाड सदस्य रोम बहादुर खाती को पनि उपस्थित रहेको थियो । उक्त कार्यक्रममा समाजसेवी जङ्ग बहादुर सुनार, घन बहादुर थापा, टोप बहादुर थापा लगायतका समाजसेवीहरुको उपस्थिती रहेको थियो । आजको उद्धघाटन खेल समाजसेवी युवा क्लब आयोजक र नवसिर्जना युवा क्लब नाम्चेको रहेको थियो भने उक्त खेलमा नवसिर्जना युवा क्लबले २÷१ ले आयोजकलाई पराजित गर्दै दोस्रो राउण्डमा प्रवेश गरेको छ ।
उद्धघाटन खेलको पुरा भिडियो

Post a Comment

Previous Post Next Post